arrow

आईजीपी बढुवाविरुद्ध सर्वोच्चमा रिट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १९ सोमबार
supreme-court-long.jpg

काठमाडौं । सर्वोच्च अदालतमा प्रहरी महानिरीक्षक (आईजीपी) पदमा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । 

 नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दायर गरेको रिट निवेदनमा आफूभन्दा डेढ वर्ष कनिष्ठलाई बढुवा गर्ने सरकारको निर्णय बदर गर्न माग गरिएको छ । 

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । 

उक्त निर्णयविरुद्ध पोखरेलले आज रिट निवेदन दायर गरेका हुन् । रिट निवेदनको प्रारम्भिक सुनुवाइ बुधबार हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ