arrow
ADVERTISEMENT

एआईजीपी थापा बुधबारबाट काममा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १९ सोमबार
sahakul-thapa-aig.jpg
तस्बिर– फाइल

काठमाडौं । सरकारले आइतबार मन्त्रिपरिषद् बैठकबाट नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्ट बनेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुलबहादुर थापा बुधबारबाट काममा फर्कने भएका छन् । 

सोमबार साँझ गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाण र गृहसचिव टेकनारायण पाण्डेलाई भेटेर आफू बुधबारबाट काममा फर्कने बताएको गृहमन्त्रीका प्रेस सल्लाहकार मधुसुदन भट्टराईले जानकारी दिए । 

‘म बुधबारबाट संगठनको पूर्ववत काममा फर्कन्छु,’ अतिरिक्त महानिरीक्षक थापाले भने, ‘मंगलबार सरकारी बिदा छ । बुधबार हाजिर गरेर काम सम्हाल्छु ।’ 

उनी प्रहरीको कार्य विभाग प्रमुख हुन् । कार्य विभाग प्रमुख निर्वाचन हेर्ने प्रमुख भएकाले उनले नै प्रहरीको स्थानीय निर्वाचनको प्रमुख भएर काम गरिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ