arrow

नरेन्द्र मोदी बुद्ध जयन्तीमा नेपाल आउने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २० मंगलबार
narendra-modi.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी २ जेठ अर्थात् बुद्ध जयन्तीमा नेपाल भ्रमणमा आउने भएका छन् । भारतीय पत्रिका द हिन्दूले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेअनुसार मोदी १६ मेमा बुद्ध जयन्तीको अवसर पारेर नेपाल आउने तयारीमा छन् । 

तर, यसबारे नेपालको परराष्ट्र मन्त्रालयले कुनै ‍औपचारिक टिप्पणी गरेको छैन । नेपालले २ जेठमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी मोदीबीच लुम्बिनीमा भेट हुने ठानिएको छ ।

प्रधानमन्त्री देउवाले एक महिनाअघि मात्र भारतको भ्रमण गरेका थिए । सन् २०१९ मा प्रधानमन्त्रीमा पुनर्निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ