arrow

रुसले ब्ल्याक सीको वर्चश्व गुमायो, युक्रेन युद्धपछि मस्कोको स्थिति झनै कमजोर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २० मंगलबार
black-sea-russia.jpg

काठमाडौं। बेलायती गुप्तचर स्रोतका अनुसार टर्कीले युद्धरत पक्षसँग सम्बन्धित जहाजहरूको पहुँचलाई रोकेका बेला रुसले पछिल्लो समय ब्ल्याक सी (काला सागर) मा लगभग २० वटा युद्धपोतहरू सञ्चालनमा राखेको छ ।

'यो तिनीहरूको आफ्नो समुद्र हो,' फ्रान्सेली नौसेनाका प्रवक्ता क्याप्टेन एरिक लाभल्टले भनेका छन् । ब्ल्याक सी अन्तर्गतका सबै देशहरू या त पहिले नै नेटोमा सामेल भएका छन् या सामेल हुने तयारीमा छन् भन्ने तथ्यले रूसको सर्वोच्चताको दाबीलाई भने कम गरेको छैन ।

हालै युक्रेनी तटीय सहर मारिउपोलको कब्जा र अजोभ समुद्रको सम्पूर्ण तटीय क्षेत्रको रूसी नियन्त्रणले यो क्षेत्रमा रूसी प्रभुत्वलाई रेखांकित गरेको छ । यसका साथै यसले रुसी सेना र लडाकुबीच डोनबास क्षेत्र र नोभोरोसियस्कको पूर्वी बन्दरगाह बीच सीधा रसद सम्पर्क स्थापित गर्न मद्दत गर्ने फ्रान्सेली नौसेनाका प्रवक्ता क्याप्टेन लाभल्टको भनाइ छ ।

तर, गत महिना रुसी युद्धपोत मोस्क्वा डुबेपछि ओडेसा र रोमानिया बीचको क्षेत्र अझै पनि युक्रेन नियन्त्रित हुनसक्ने कुराले आक्रमणकारी (रुसी) हरूको लागि ठूलो अनिश्चितता सिर्जना भएको छ ।

रुसी युद्धपोत मोस्क्वा ध्वस्त हुनु कीभको नौसेनाको कमाल भन्दा पनि नेप्च्युन क्षेप्यास्त्र र चाँडै बेलायतले युक्रेनलाई दिने भएको हार्पुन मिसाइलको कमाल भनिएको छ ।

मोस्क्वा डुब्नुले युक्रेनी महत्वपूर्ण भुमी ओडेसालाई घेरेर र मोल्डाभियन ट्रान्सनिस्ट्रिया क्षेत्रमा पृथकतावादीहरूसँग रूसी सेनालाई जोड्ने रूसी नौसेनाको प्रयासलाई असफलको संकेत देखाइसकेको छ ।

'त्यो क्षेत्रले रुसीहरूले ध्यानमा राख्नु पर्ने खतरा प्रस्तुत गर्दछ,' मस्कोमा रहेको राजनीतिक विश्लेषण निकाय फ्रेन्च-रुसी मनिटरका रक्षा विशेषज्ञ इगोर डेलानोले भनेका छन् ।

सो क्षेत्रमा यस्तो कुनै पनि अवतरण हाल रूसीहरूको लागि 'पहुँच बाहिर' रहेको उनको भनाइ छ । डोनबास क्षेत्रमा रूसले पाइरहेको लाभले नयाँ विकल्पहरू देखाए पनि तटीय रक्षा भने चुनौतीपूर्ण रहेको उनको भनाइ छ ।

अब रूस रहेन

युक्रेनी सतहबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्रहरूको गतिशीलताको कारणले गर्दा रूसी सेनाहरूलाई पत्ता लगाउन र नष्ट गर्न ठूलो समस्या भएको, रुसी समुद्री अध्ययन संस्थानका निर्देशक र युएस नेभल वार कलेजका सहायक प्राध्यापक माइकल पिटरसनले भनेका छन् ।

'मलाई शंका छ कि युक्रेनसँग भएको कुनै पनि मोबाइल कोस्टल डिफेन्स क्रुज मिसाइल प्रणालीको लागि पनि त्यस्तै हुनेछ,' उनले भने, करिब ३ सय किलोमिटरको दुरीसम्म मार हान्न सक्ने नेप्च्युन मिसाइल युक्रेनसँग कति छ भन्ने जानकारी बाहिरिएको छैन् ।

हवाई श्रेष्ठता स्थापित गर्ने रुसी असफलता र सटीक लक्ष्य क्षेप्यास्त्रहरूको स्पष्ट असक्षमताले युक्रेनको तटीय प्रतिरक्षालाई ध्वस्त पार्ने रुसी प्रयास असफल भइरहेको फ्रान्सेली नौसेनाका प्रवक्ता लाभल्टको भनाइ छ ।

यसले रक्षकहरूलाई समुद्री घेरा सेनिटेयर बनाउन र खेरसन र निकोलायेभको बीचमा रूसी दक्षिणी आपूर्ति लाइनहरूलाई खतरामा पारेको छ । यसबाहेक युक्रेनले सुरक्षाका लागि बिष्फोटक पदार्थहरु तैनाथ गरेको र अमेरिकाले ड्रोन पठाउने प्रतिबद्धता समेत गरेको छ ।

यसैबीच बेलायती रक्षा सचिव बेन वालेसले ब्ल्याक सीमा रुसको शताब्दीयौं पुरानो वर्चस्व अब सकिएको टिप्पणी गरेका छन्। 'रूसीहरूले ब्ल्याक सीलाई नियन्त्रण गर्न सक्दैनन्,' उनले भनेका छन्, 'यो अब तिनीहरूको रहेन।'

युक्रेन युद्धको नतिजा जस्तोसुकै भए पनि रुसले ब्ल्याक सीमा आफ्नो भूमिका चुपचाप छोड्ने भने छैन् । अरु ब्ल्याक सी देशहरू विशेष गरी रोमानिया र टर्कीले पनि युक्रेनकै जसरी तटीय क्षेप्यास्त्र प्रणालीहरू तैनाथ गरेपछि मस्कोलाई झनै कठिन हुने देखिएको छ ।

'पक्कै पनि ब्ल्याक सीमा रुस (युक्रेन)युद्ध अघिको भन्दा कम सुरक्षित हुनेछ,' युएस नेभल वार कलेजका सहायक प्राध्यापक माइकल पिटरसनले भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ