arrow

एयरपोर्टमा केही बस्तु फेला परेन, आन्तरिक उडान सुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २१ बुधबार
domestic-airport-tia.jpg
फाइल तस्बिर

काठमाडौँ। त्रिभुवन विमानस्थल आन्तरिक तर्फको उडान पुनः सञ्चालनमा आएको छ । विमानस्थलमा शङ्कास्पद बस्तु राखिएको हल्ला चलेपछि विमानस्थल बन्द गरिएको थियो।

सुरक्षा निकायले गरेको सर्च अप्रेसनबाट केही पनि फेला नपरेपछि विमानस्थलको आन्तरिक हवाई उडान सुचारु भएको विमानस्थल प्रहरी प्रमुख भीम ढकालले जानकारी दिए।

‘शङ्कास्पद बस्तु राखेको भनेर अज्ञात व्यक्तिबाट फोन आएपछि हामीले सर्च गर्‍यौँ। सर्च गर्दा केही पनि फेला परेन। अहिले सबै उडान सुरु भइसकेका छन्,’ ढकालले न्युज कारखानासँग भने।

बुधवार बिहान अज्ञात व्यक्तिले एक्सचेन्जमा फोन गरेर विमानस्थलमा बम राखिएको जानकारी दिएका थिए। त्यसपछि सुरक्षा निकायले यात्रुहरूलाई बाहिर पठाएर सर्च अप्रेसन चलाएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ