arrow

आईजीपी बढुवाविरुद्धको रिटमाथि सुनुवाइ प्रारम्भ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २१ बुधबार
supreme-court-long.jpg

काठमाडौं ।  नेपाल प्रहरीको २९औं महानिरीक्षक (आईजीपी) बढुवाविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि पहिलो सुनुवाइ प्रारम्भ भएको छ ।

 न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा आज मुद्दाको सुनुवाइ प्रारम्भ भएको अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए । 

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले यही वैशाख १९ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
    
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक पोखरेलले दायर गरेको रिट निवेदनमा आफूभन्दा डेढ वर्ष कनिष्ठलाई बढुवा गर्ने सरकारको निर्णय बदर गर्न माग गरिएको छ । वैशाख १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ