arrow

सवारी दुर्घटना गराएर भागेका कार चालक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २१ बुधबार
malla.jpg

पोखरा । कास्कीमा सवारी दुर्घटना गराएर भागेका कार चालक पक्राउ परेका छन् । पर्वतको कुश्मा नगरपालिका वडा नं.१ का २७ वर्षीय एन्जिल बम मल्ल काठमाडौंमा पक्राउ परेका हुन् ।

आइतबार बिहान कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं.४ लेवाडेस्थित पोखरा-बागलुङ राजमार्गमा ग३च ३५२५ नम्बरको मल्लको कारले ग१८प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

सो दुर्घटनामा पर्वतका जितबहादुर पुन र उनकी छोरी १८ वर्षीया सविना पुनको मृत्यु भएको थियो । दुर्घटना पछि चालक मल्ल फरार भएपछि प्रहरीले खोजीका लागि सार्वजनिक अपिल गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ