arrow

भारतमा चार करोड ३० लाख ८८ हजार संक्रमित

logo
सिन्ह्वा,
प्रकाशित २०७९ वैशाख २१ बुधबार
corona-india-child.jpg

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको कुल सङ्ख्या चार करोड ३० लाख ८८ हजार ११८ पुगेको छ ।ती मध्ये तीन हजार २०५ जना पछिल्लो २४ घण्टामा संक्रमित भएको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । 

नयाँ संक्रमित मध्ये एक हजार ४१४ जना भने दिल्ली प्रदेशका मात्रै रहेका छन् । पछिल्लो समयमा दिल्ली प्रदेशमा नयाँ संक्रमितहरुको सङ्ख्या धेरै बढेको छ । संघीय स्वास्थ्य मन्त्रालयकाअनुसार भारतको सङ्घीय राजधानी नयाँ दिल्लीमा मात्रै अहिले संक्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या पाँच हजार ९८६ रहेको छ । देशभरी सक्रिय संक्रमितको सङ्ख्या भने १९ हजार ५०९ रहेको छ । 

पछिल्लो एक दिनमा कोरोना भाइरसका कारण भारतमा ३१ जनाको मृत्यु भएको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको सङ्ख्या पाँच लाख २३ हजार ९२० रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ