arrow

नेपाल प्रहरीका आईजीपी नियुक्ति विरुद्धको मुद्दा हेर्दा हेर्दैमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २१ बुधबार
Supreme-Court4.jpg.jpeg
तस्बिर– फाइल

काठमाडौं । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति विरुद्धको मुद्दा हेर्दा हेर्दैमा राखिएको छ । सर्वोच्च अदालतकी न्यायाधीश सुष्मालता माथेमाको इजलासमा भइरहेको बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । उक्त मुद्दामा सरकारी पक्ष समेत बहसका लागि निवेदन लिएर आएपछि बहस लम्बिएको हो । 

सरकारले धिरजप्रताप सिंहलाई आईजीपीमा नियुक्त गरेपछि एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए । सरकारले गरेको उक्त निर्णय खारेज गर्न परमादेशको माग गर्दै पोखरेलले वारेसनामा मार्फत सोमबार रिट दायर गरेका थिए । 

रिटमाथि बुधबार पहिलो बहस भएको हो । दिनभर बहस नसकिएपछि बिहीबारका लागि सारिएको छ । महान्यायाधीशवक्ताको कार्यालयले समेत बहसमा सहभागी हुन पाउनु पर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएको थियो । सोही आधारमा महान्यायाधीवक्ता खम्बबहादुर खाती पनि बहसमा सहभागी भए । 

रिटमा पोखरेलको तर्फबाट मेघराज पोखरेल, सतीशकृष्ण खरेल, हरिहर दाहाल, महादेव यादव लगायतले बहस गरेका थिए । नवनियुक्त आईजीपी सिंहको तचर्फबाटसमेत अधिवक्ताहरूले बहस गरेका थिए ।

उनको तर्फबाट महान्यायाधिवक्ता खातीसहित वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, भीमार्जुन आचार्य, टीकाराम भट्टराईलगायतले बहस गरेका थिए । बहसको क्रम नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ