arrow

जम्मू–कश्मीर हल्लियो, ५.३ रेक्टर स्केलको भूकम्प

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २२ बिहिबार
earthquake-FNL-new.jpg.png
तस्बिर– फाइल

काठमाडौं । भारतको जम्मू–कश्मीर बिहानै हल्लिएको छ । स्थानीय समयअनुसार बिहान ५ः३५ बजे भूकम्पको झड्का महसुस गरिएको हो । उक्त भूकम्प ५.३ रेक्टर स्केलको भएको बताइएको छ  । 

मिडिया रिपोर्टसअनुसार यो भूकम्पको केन्द्रबिन्दू ताजिकिस्तान बताइएको छ । ताजिकिस्तानमा १७० किलो गहिराईमा यस्तो कैन्द्र रहेको बताइएको हो । 

भूकम्पबाट भएको क्षतिको विवरण आएको छैन । जम्मू–कश्मीरमा १७ दिनमा दोस्रोपटक भूकम्प आएको हो । 

यसअघि १८ अप्रिलमा पनि जम्मूमा भूकम्प आएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ