arrow

कस्तो छ देशको मौसम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २२ बिहिबार
weather-2022-evergreen.jpg

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव छ । 

उक्त मौसमी प्रणालीले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यताया सफा रहेने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भू–भागमा आंशिक बदली रहने छ । पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

रातिको समयमा पनि पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ भने अन्य भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

काठमाडौँ उपत्यकामा मौसम पूर्ण सभा छैन । कहिले बादल त कहिले घाम लागिरहेको छ । महाशाखाका अनुसार आज काठमाडौँको अधिकतम तापक्रम २८ सम्म पुग्नेछ र न्यूनतम तापक्रम १८ डिग्री सेल्सियस छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ