- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । विश्व स्वास्थय संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको महामारीका कारण ज्यान जानेको संख्या गणनामा भएको भन्दा तीन गुणा बढी हुनसक्ने बताएको छ । डब्ल्यूएचओको नयाँ प्रतिवेदनले यस्तो तथ्य सार्वजनिक गरेको हो ।
२०२१ को अन्त्यसम्ममा कोभिड १९ सँग सम्बन्धित १ करोड ४९ लाखको मृत्यु भएको डब्ल्यूएचओले बिहीबार जानकारी दिएको हो । तर डब्ल्यूएचओलाई सन् २०२० को जनवरीदेखि सन् २०२१ को अन्त्यसम्म ५४ लाखको मृत्यु भएको तथ्यांक मात्रै पुगेको छ ।
डब्लुएचओको अत्यधिक मृत्युदर तथ्याङ्कहरूले कोभिड १९ को प्रत्यक्ष कारण बाहेक अन्य स्वास्थ्य सेवामा पहुँचको अभावका कारणसमेत ज्यान गुमाउनेको तथ्यांक समेटेको देखाउँछ ।
तर पर्याप्त रिपोर्टिङ नगर्दा विभिन्न देशहरूमा कयौंको मृत्यु भएको तथ्यांक छुटेको पनि छ । महामारी घोषणा हुनुअघि १० मध्येका ६ मृत्यु दर्ता नै नभएकोसमेत डब्ल्यूएचओले जनाएको छ ।
डब्ल्यूएचओको प्रतिवेदनले अहिलेसम्म गन्ती नभएको मृत्युमध्ये आधा भारतमा भएको जनाएको छ। रिपोर्टले महामारीका कारण भारतमा करिब ४७ लाखको मृत्यु भएको जनाएको छ ।
यद्यपि भारत सरकारले सन् २०२१ को अन्त्यसम्म करिब कोभिड १९ का कारण ४ लाख ८० हजार नागरिकको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको थियो ।