arrow

बाँकेमा मतदान अधिकृतलाई तालिम शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २३ शुक्रबार
local_election_SoSYi36EtA.jpg

नेपालगञ्ज । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तीनदिने तालिम शुरु गरिएको छ । जिल्लामा १३६ मतदानस्थल  र ३७९ मतदान केन्द्र तोकिएको छ । सुरक्षाका दृष्टिकोणले ११२ अतिसंवेदनशील र २४ संवदेनशील मतदानस्थलनका रुपमा हेरिएको छ । 

 मतदानस्थल र मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिन थालिएको निर्वाचन अधिकारी रमा पन्तले जानकारी दिए ।  तालिममा कानूनी, व्यावहारिक र सैद्धान्तिक पक्षका साथै मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य एवं अधिकारक्षेत्र तथा मतदान केन्द्र निर्माण गर्ने तरिकाबारे जानकारी गराइएको उनले बताए । मतपेटिका राख्ने ठाउँ, रुजु गर्नेल तरिकागायत मतदान कार्यलाई व्यवस्थित गर्ने तरिकाबारेमा समेत सिकाइएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ