arrow

दार्चुलामा नेपाल–भारत सीमा समन्वय बैठक

logo
प्रकाशचन्द्र भट्ट, 
प्रकाशित २०७९ वैशाख २४ शनिबार
279832472_792819688768536_7810953542886648942_n.jpg

दार्चुला । दार्चुलाको खलंगामा नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न भएको छ। नेपालमा यही बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचन, सीमा अपराध तथा चुनावलाई मध्यनजर गरी दुवै देशका अधिकारीहरूबीच शनिबार बैठक बसेको हो ।

निर्वाचनमा कुनै पनि किसिमको आपराधिक घटना हुन नदिन, खुला सीमाका कारण हुनसक्ने आपराधिक घटना नियन्त्रण, सीमा सुरक्षालगायत विषयमा भारतीय सुरक्षा अधिकारीसँग छलफल भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।

यससँगै सीमा क्षेत्रमा निर्माण भइरहेको तटबन्ध, झोलुंगे पुल र लागूऔषध ओसारपसार नियन्त्रण गर्ने विषयमा पनि छलफल भएको जनाइएको छ । 

दार्चुलाका प्रजिअ उपाध्यायको अध्यक्षतामा शुरू भएको बैठकमा भारत पिथौरागढ जिल्लाका उपजिल्लाधिकारी (एडीएम) सीताराम चौहान, एसडएम नन्दन कुमार, ५५ नम्बर बटालियन कमान्डेन्ट एसके शर्मा, डेपुटी कमान्डेन्ट अमित कुमार, नेपाल तर्फका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउद, सशस्त्र प्रहरी बल ४४ नम्बर गणका गणपति त्रिभुवन विष्ट, प्रहरी प्रमुख प्रतीक विष्ट, अनुसन्धान अधिकृत महेशप्रसाद अवस्थी, सीमा प्रशासन कार्यालयका प्रमुख मोहन सिंह धामी लगायतको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ