arrow

राति देशका अधिकांश स्थानमा वर्षा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २४ शनिबार
cloud-black-weather-monsoon.jpg

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले शनिबार राति देशका अधिकांश स्थानमा वर्षा हुने जनाएको छ । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा हुने महाशाखाको भनाइ छ ।

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँको मौसम बदली भएको रहेको महाशाखाले जनाएको छ । यतिबेला महाशाखामा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा शनिबार बिहानैदेखि घाम लागे पनि मध्यान्नपछि विस्तारै मौसम धुम्म हुँदै गएकामा वर्षासमेत भएको छ । राति पनि देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । 

बेलुकातिर प्रदेश नम्बर एक, मधेस प्रदेश, बागमती र गण्डकी  प्रदेशका  धेरैजसो ठाउँमा  सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ