arrow

भारतद्वारा अमेरिकी कङ्ग्रेस इल्हान उमरको पीओके भ्रमण गरेकोमा निन्दा

logo
एजेन्सी,
प्रकाशित २०७९ वैशाख २५ आइतबार
india-mea-spokesperson-arindam-bagchi.jpg
फाइल तस्बिर

नयाँ दिल्ली। भारतले अमेरिकी कङ्ग्रेसकी सांसद इल्हान ओमरको पीओके भ्रमण गरेको भन्दै विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीको भ्रमण गरेकोमा निन्दा गरेका छन्। भारतले बिहीबार अमेरिकी कङ्ग्रेस महिला इल्हान ओमरले पाकिस्तान प्रशासित काश्मीर भ्रमण गरेको भन्दै आलोचना गरेका हुन्। यसले उनको 'सङ्कीर्ण राजनीति' प्रतिबिम्बित गरेको र 'भारतको क्षेत्रीय अखण्डता र सार्वभौमिकताको उल्लङ्घन गरेको' प्रवक्ता बागचीले बताए। 

'यदि त्यस्ता राजनीतिज्ञले आफ्नो सङ्कीर्ण राजनीतिलाई घरमा अभ्यास गर्न चाहन्छन् भने त्यो उसको व्यवसाय हुन सक्छ, तर यसको पछि लागेर हाम्रो क्षेत्रीय अखण्डतालाई उल्लङ्घन गर्दा समस्या सिर्जना गर्छ। यस्तो कदम निन्दनीय छ,' विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भने।

इल्हान उमर अप्रिल २० देखि २४ सम्म पाकिस्तानको चार दिने भ्रमणमा छन्। जहाँ देशका राजनीतिक नेतृत्वसँग भेटघाट गर्नुका साथै पाकिस्तानको सांस्कृतिक, सामाजिक, राजनीतिक र आर्थिक सम्भावनाका बारेमा अझ बढी बुझ्न लाहोर र आजाद जम्मु कश्मीरको भ्रमण गरेको पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले ट्विट गर्दै भनेको छ।

'प्रतिनिधि इल्हान उमर, काँग्रेस महिलाको भ्रमलाई हामीले नोट गरेका छौँ। उनले  पाकिस्तानले अवैध रूपमा कब्जा गरेको जम्मू र काश्मीरको भारतीय केन्द्र शासित क्षेत्रको एक भागको भ्रमण गरेको कुराबारे जानकारी छौँ,' विदेश मन्त्रलालका प्रवक्ताले भने।

ओमरको पाकिस्तान नियन्त्रित काश्मीरको भ्रमणलाई भारतको क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताको उल्लङ्घन गर्ने भएकाले यो भ्रमण निन्दनीय रहेको उनले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ