काठमाडौंमा मदिराजन्य पदार्थ बिक्री वितरण र सेवनमा रोक
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २५ आइतबार
655
Shares
तस्बिर– फाइल
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लामा मादक पदार्थ निषेध गरेको छ । स्थानीय तह निर्वाचन निर्देशिका २०७३ को दफा ७१ (मादक पदार्थ निषेध गर्ने) मा भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयनको लागि २७ गते मंगलबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन कार्या नगर्न र नगराउन कार्यालयले सूचना जारी गरेको हो ।
त्यस्तै सूचनामा मतदानको दिन अत्यावश्यक सेवामा सञ्चालित र अनुमति लिएका सवारी साधनहरु बाहेकका सवारी साधनहरु बिहान ६ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म सञ्चालन नगर्नु नगराउनु भनी भनिएको छ ।
सूचनामा भनिएको छ, ‘यस विपरीत कार्य तोकिएको अवधिमा गरे–गराइएको पाइएमा कानून बमोजिम कारबाही गरिने व्यहोरासमेत सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’