arrow

नेपाल र जिम्बावे बीचको अन्तिम एक दिवसीय हुँदै, वर्षाको चिन्ता 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २६ सोमबार
nepal-batting-odi-2022.jpg

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज पाहुना टोली जिम्बावे ए विरुद्ध तेस्रो तथा अन्तिम एक दिवसीयमा प्रतिस्पर्धा गर्दैछ । टीयू क्रिकेट मैदानमा खेल बिहान ९ः३० बजेदेखि शुरु हुनुपर्ने भए पनि शुरु हुन सकेको छैन । आउटफिल्ड चिसो भएका कारण टस समेत हुन सकेको छैन । पटक पटक मैदानको निरीक्षण सरिरहेको छ । 

नेपाल जिम्बावेविरुद्ध जित निकाल्दै सिरिज जित्न चाहन्छ । तीन खेलको सिरिजमा अहिलेसम्म १–१ को बराबरी भएको छ । पहिलो खेलमा जिम्बावेले नेपाललाई ३ विकेटले हराएको थियो । नेपालले यो खेलमा जम्मा १३६ रन बनाएको थियो । 

तर दोस्रो खेलमा नेपालले जिम्बावेलाई ९ विकेटले हराएको थियो । यो खेल जित्दा नेपालले इतिहास बनाउन सक्नेछ । जिम्बावे पनि जित निकाल्दै सिरिज जित्ने योजनामा रहेको छ ।  

तर वर्षाका कारण आजको खेल पूरा हुनेमा आशंका जन्मिएको छ । आइतबार राति पनि वर्षा भएकाले मैदान चिसो छ । त्यस्तो सोमबार बिहानदेखि नै मौसममा सुधार हुन सकेको छैन । 

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावेसँग सिरिज खेलिरहेको हो ।

यसअघि भएको तीन खेलको टी–२० सिरिज १–१ को बराबरीमा सकिएको थियो। दुवै टिमले एक एक जित निकाल्दा एक खेल भने वर्षाले पूरा हुन सकेको थिएन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ