arrow

समाजवादीबाट गौरीगञ्ज गाउँपालिकाका अध्यक्षका उम्मेदवार एमालेमा फिर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २७ मंगलबार
Jhapa_District.png
फाइल तस्बिर

झापा। नेकपा (एकीकृत समाजवादी) बाट झापाको गौरीगञ्ज गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका भूपनारायण राजवंशी एमालेमा फर्किएका छन्। एमाले विभाजन हुँदा समाजवादी रोजेर स्थानीय चुनावमा गाउँपालिका अध्यक्ष उम्मेदवार पनि बनेका राजवंशी चुनावको पूर्व सन्ध्यामा एमालेमै फर्किएका हुन्। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेर उनले एमालेमै फर्किएको घोषणा गरेका हुन्।

एमाले फर्किएको घोषणा गरेका भूपनारायणले विज्ञप्ति जारी गर्दै भनेका छन्, ' नेकपा एमालेभित्रको तत्कालीन अन्तर्विरोधमा म एउटा पक्षमा लागेको थिएँ । त्यो पक्ष माधव नेपाल नेतृत्वको पक्ष थियो । जति बेला म सो पक्षमा लागेँ, त्यस बेला ठिक गरे भन्ने ठानेको थिएँ । तर, समय क्रम र राष्ट्रिय राजनीतिको घटनाक्रमहरू हेर्दै जाँदा गलत गरेको निष्कर्षमा पुगेको छु । माधवकुमार नेपालजीले नेतृत्व गर्नुभएको पार्टीमा म वास्तवमै इमानदारीपूर्वक लागेको थिएँ । तर, माधवजी र माधवजीको समूहमा लाग्नुभएका साथीहरूले पार्टी चोइटाउनुको कारण निजी स्वार्थ र अन्तर्राष्ट्रिय स्वार्थ रहेछ । तसर्थ, सत्य तथ्य बुझिसकेपछि पार्टी बन्न नसकेको माधवजीको गिरोहमा बसेर निर्वाचित हुनुको अर्थ देखिन ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ