arrow

रहिनन् उपमेयरकी कांग्रेस उम्मेदवार शुभावती 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २७ मंगलबार
shuvawati-kurmi.jpg.jpg

कपिलवस्तु । कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको उपमेयर पदकी उम्मेदवार शुभावती कुर्मीको मृत्यु भएको छ । नगरपालिकाका निवर्तमान उपमेयरसमेत रहेकी कुर्मी नेपाली कांग्रेसबाट पुनःउम्मेदवार भएकी थिइन् ।

गएराति श्वास प्रश्वासमा असहज भए पछि उपचारको लागि उनलाई कपिलवस्तु अस्पताल तौलिहवा लगिएको थियो । उपचारको क्रममा राति १ बजे निधन भएको स्थानीय व्रिजेश यादवले बताए । उनको हृदयाघातको कारण मृत्यु भएको बताइएको छ । 

मृतक कुर्मीको आजै अन्तिम संस्कार गर्ने तयारी गरिएको बताइएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ