arrow

टोखास्थित आफ्नै नयाँ भवनमा सर्‍यो ईशान बाल तथा महिला अस्पताल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २७ मंगलबार
ishan-hospital.png

काठमाडौं । विगत २७ वर्षदेखि बाल तथा महिला स्वास्थ्य क्षेत्रमा निरन्तर सेवा दिँदै आएको बसुन्धारा चोकस्थित ईशान बाल तथा महिला अस्पताल आफ्नो नयाँ भवनमा सरेको छ । बैशाख २४ गतेदेखि ईशान अस्पताल पुरानो भवन भन्दा २५० मिटर मात्रै पछाडि टोखा न.पा. ५ श्री टोलमा साढे छ रोपनीको आफ्नै जग्गामा सरेको हो ।

ईशान अस्पताल २०५२ सालमा ईशान बाल नर्सिङ् होमका रुपमा १५ बेडबाट शुरु भएर अहिले बाल तथा महिला स्वास्थ्य क्षेत्रमा विशेषज्ञ सेवा प्रदान गरी ईशान बाल तथा महिला अस्पतालका रुपमा १०० शैया क्षमतामा पुगेको छ ।

भूकम्प प्रतिरोधात्मक ८ तलाको १०० शैया क्षमताको भएको, बिरामी र वातावरण मैत्रीका साथै अत्याधुनिक नयाँ भवनबाट गुणस्तरीय र अन्तराष्ट्रिय स्तरको सेवा प्रदान गर्ने अस्पतालले जनाएको छ ।

अस्पतालले समय सापेक्ष सुविधाहरु तथा क्षमता वृद्धि गर्ने योजना अनुरुप बालरोग, बाल सर्जरी, बाल युरोलोजी, महिला तथा वयस्कका अन्य विशेषज्ञ सेवा उपलब्ध गराइरहेको छ ।

यस्तै अस्पतालमा २४ घन्टा नै एमडी पेडियाट्रिक रजिष्ट्रारहरुबाट पेडियाट्रिक आकस्मिक सेवा र महिला तथा प्रसुती सम्बन्धी आकस्मिक सेवा पनि उपलब्ध हुनुको साथै एम्बुलेन्स, प्याथोलोजी, एक्स–रे, फार्मेसी सेवा पनि उपलब्ध छन् । 

यसबाहेक अस्पतालमा छिटै नै ब्लड बैंकको सुविधासमेत शुरु हुन लागेको अस्पतालका निर्देशक प्राध्यापक डाक्टर रामनन्दन प्रसाद चौधरीले बताएका छन् ।

नवजात, बाल शल्य तथा बाल युरोलोजी चिकित्सकको क्षेत्रमा नेपालमा ख्याती प्राप्त गरेको अवस्थामा यस अस्पतालले सार्क स्तरको गुणस्तरीय सेवा प्रदान गरिरहेको छ । 

अस्पतालमा पटक पटक विभिन्न समयमा विभिन्न नवजात, बाल शल्यरोग तथा बाल युरोलोजीहरुको जटिल भन्दा जटिल नवजात शल्यक्रियाहरु भएको र भारतबाट समेत आएको बच्चाको सफल शल्यक्रिया भएको अस्पतालले जनाएको छ ।

सीटी स्क्यान सेवा शुरु गर्ने तयारीमा रहेको अस्पतालमा सबै उमेरका मानिसहरुलाई जेनरल मेडिसिन, जेनरल र जीआई सर्जरी, हाडजोर्नी, दन्त, छाला तथा यौन रोग, नाक, कान, घाँटी, आँखा रोग, फिजियोथेरापी सम्बन्धी सेवासमेत उपलब्ध छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ