arrow

पौडी खेल्दा बेपत्ता बालक भेटिएनन्

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २७ मंगलबार
kaligandaki-khaireni-ban.jpg
फाइल तस्वीर

तनहुँ । तनहुँको घिरिङ गाउँपालिका-१ पुट्टारस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा सोमबार बेपत्ता भएका बालक फेला परेका छैनन् ।

बेपत्ता हुनेमा घिरिङ गाउँपालिका-५ धेनुङका १२ वर्षीय ईश्वर विक रहेको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसोदेखि बेपत्ता बालक अझै फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

बेपत्ता बालकको आज पनि खोजी कार्य जारी छ ।

पुट्टारबाट स्याउली बजार जोडिएको झोलुङ्गे पुलबाट केही तल तीन जना पौडी खेल्न गएकामा विक नदीले बगाएर बेपत्ता भएका हुन् । 

अन्य दुई भने नदी तर्न सफल भएका थिए । बेपत्ता बालकका आमा पूर्णमाया विकले छोराको खोजीका लागि सहयोग पुर्‍याउन आग्रह गरेकी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ