arrow

मतदानको दिन वर्षाको असर, यस्तो हुनेछ शुक्रबारसम्मको मौसम 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २८ बुधबार
weather-2022-evergreen.jpg

काठमाडौं । आज वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय र पश्चिमी वायुसँगै असानी नामक चक्रवातको असर रहेको छ । 

जसकारण दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति पनि प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिमका थोरै स्थान र बाँकी प्रदेशका एक(दुई स्थानमा वर्षाको आँकलन गरिएको छ ।

बिहीबार प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा पनि हल्का वर्षाको सम्भावना छ ।

शुक्रबार स्थानीय तहको निर्वाचनको मतदानको दिन प्रदेश १ र बागमती प्रदेश केही स्थानमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। अन्य प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुनसक्ने महाशाखाले बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ