arrow

एलन मस्कले भने- ट्रम्पमाथि ट्वीटरले लगाएको प्रतिबन्ध हटाउँछु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २८ बुधबार
musk.jpg

काठमाडौं । स्पेस एक्स एवं टेस्लाका मालिक एलन मस्क पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि ट्वीटरले लगाएको स्थायी प्रतिबन्ध हटाउने बताएका छन् ।

गत महिना ट्वीटर किन्ने सम्झौता अघि बढाएका मस्कले सफलता पूर्वक ट्वीटर किनिसके भने प्लेटफर्मबाट डोनाल्ड ट्रम्पको प्रतिबन्धलाई उल्टाउने बताएका हुन्। मस्कले ट्वीटर किनिसक्न अझैं दुईतीन महिनासमय लाग्ने छ ।

फाइनान्सियल टाइम्सको फ्यूचर अफ द कार सम्मेलनमा बोल्दै मस्कले पूर्व अमेरिकी राष्ट्रपतिलाई प्रतिबन्ध लगाउने ट्वीटरको निर्णय नैतिक रूपमा गलत र मूर्खतापूर्ण भएको बताए ।

सन् २०२१ को जनवरीमा ट्वीटरले ट्रम्पको खाता स्थायी रूपमा निलम्बन गरेको थियो । हिंसा थप उक्साउने किसिमको टिप्पणी गरेको भन्दै ट्वीटरले ट्रम्पको अकाउन्ट निलम्बन गरेको थियो ।

मस्कले भनेका छन्, 'म स्थायी प्रतिबन्धलाई उल्टाउनेछु तर मसँग ट्वीटरको स्वामित्व छैन त्यसैले यो निश्चित रूपमा हुने कुरा होइन ।'

उनले प्रतिबन्धले ट्रम्पलाई मौन नबनाएर आफ्नै ट्रुथ सोशल साइट खोल्न बाध्य गरेको र यसले अति दक्षिणपन्थीहरूमाझ उनको आवाजलाई झन बढाएको बताएका छन् ।

यस्तै उनले ट्रम्पले ट्वीटरको खाता फुकुवा गरिए पनि ट्वीटरमा नफर्किने भनेको कुरालाई समेत स्मरण गराएका छन् । मस्कले स्थायी प्रतिबन्ध ठगी गर्ने र बुट अकाउन्टका लागि गर्नुपर्ने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ