arrow

आङ सान सुची चीनको भ्रमणमा

logo
प्रकाशित २०७३ भदौ १ बुधबार
suki6.jpg.jpeg
याङ्गुन । म्यानमारका राज्य सल्लाहकार आङ सान सुची बुधबार चीनको भ्रमणमा निस्किएकी छन् । उनी चीनको पाँचदिने औपचारिक भ्रमणका लागि त्यसतर्फ लागेकी हुन् । दक्षिणपूर्वी एसियाली राष्ट्र म्यानमारमा गत अप्रिल १ बाट नयाँ सरकारले सत्ता सम्हालेयता चीनको भ्रमण गर्ने म्यानमारकै पहिलो नेता हुन् सुकी । 
 
म्यानमारको विदेश मन्त्रीको पदसमेत सम्हालेकी  सुचीले चिनियाँ नेताहरुसँग द्विपक्षीय सम्बन्ध थप सुधार र सहयोग विषयमा विचार आदानप्रदान गर्ने अनुमान गरिएको छ । आफ्नो भ्रमणका क्रममा सुचीले बेइजिङको नजिकै पर्ने चिनियाँ अन्य सहरहरुको पनि भ्रमण गर्नेछिन् । सिन्ह्वा 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ