arrow

गोरखाका तीन मतदान केन्द्रमा एक सय भन्दा कम मतदाता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २९ बिहिबार
Matadan kendra.jpg

गोरखा । गोरखामा तीनवटा मतदान केन्द्रमा १०० भन्दा कम मतदाता रहेका छन् । जिल्लाको चुमनुब्री गाउँपालिका वडा नं. ४ को नामरुङ गुम्बा मतदान केन्द्र नामरुङमा ८२ जना मात्रै मतदाता छन् । 

यस्तै, सोही वडाको क्वाक गुम्बा मतदात केन्द्रमा ९९ जना र वडा नं. १ साम्दो आधारभूत विद्यालय साम्दोमा ९८ जना मतदाता छन् । 

चुमनुब्री तिब्बतसँग सीमाना जोडिएको पालिका हो । यहाँ हालसम्म सडक सञ्जाल जोडिएको छैन । यी क्षेत्रहरु निकै दुर्गम मानिन्छ । यसैका कारणले पनि यहाँ मतदाता संख्या कम रहेको आँकलन गरिएको छ ।

गोरखाका ३११ मतदान केन्द्र छन् । चुमनुब्री गाउँपालिका वडा नं. ४ को हिमचुली आधारभूत विद्यालयमा १०५ जना छन् भने वडा नं. ३ को वौद्धहिमाली आधारभूत विद्यालय न्याकमा १३७ मतदाता छन् ।

यस पालिकामा कूल पाँच हजार १०२ मतदाता छन् । पालिकाको वडा नं.५ मा ४४२, वडा नं. १ मा ४४५ र वडा नं. ४ मा ४६८ मतदाता छन् ।

यसअघिका चुनावमा पनि कम मतदाता संख्या रहेका यी केन्द्रमा १२ बजेभन्दा अगाडि नै मतदान सकिने गरेका थिए । सबैभन्दा धेरै मतदाता गण्डकी गाउँपालिकाको भद्रकाली मावि हटिया केन्द्रमा एक हजार ७१ जना एउटै केन्द्रमा छन् ।

गोरखामा सबैभन्दा धेरै गोरखा नगरपालिकामा ३५ हजार ३१, पालुङटारमा ३२ हजार ५९६ मतदाता छन् भने अन्यमा २५ हजार भन्दा कम छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ