arrow

पोखरामा धादिङका तामाङ मृत फेला

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २९ बिहिबार
death-1618215084.jpg

पोखरा । पोखरामा धादिङका एक व्यक्तिको शव भेटिएको छ । पोखरा महानगरपालिका वडा नं. १६ अर्मलाकोटको दादरेस्थित जङ्गलमा बुधवार साँझ धादिङका कान्छा तामाङको शव भेटिएको बताइन्छ ।

तामाङको मृत्युको कारण खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीका अनुसार तामाङको मृत्युका सम्बन्धमा अनुसन्धान शुरु गरिएको छ ।

जङ्गलमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनको शरीरमा जुकाले टोकेको दागबाहेक अन्य कुनै चोटपटक नदेखिएको डिएसपी तिवारीले बताए । 

लामो समयदेखि अर्मलाकोटमै बस्दै आएका तामाङ बाँसका डोका, डाला बनाउने काम गर्ने गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ