arrow

उदयपुरका चार मतदान केन्द्रमा सुरक्षाकर्मीदेखि कर्मचारीसम्म सबै महिला

logo
रासस,
प्रकाशित २०७९ वैशाख २९ बिहिबार
damauli-matdansthal-election-.jpg
फाइल तस्बिर

उदयपुर। उदयपुरमा दुई सय ५८ मतदान केन्द्रमध्ये चार मतदान केन्द्र महिलाले मात्रै सञ्चालन गर्न लागेका छन्। जिल्ला निर्वाचन कार्यालयका उदयपुरका अनुसार त्रियुगा नगरपालिकामा दुई र उदयपुर गढी गाउँपालिकामा दुई गरी चार वटा मतदान केन्द्रमा महिला कर्मचारी मात्रै परिचालन गरिएको छ।

जिल्ला निर्वाचन अधिकारी खेमराज कोइरालाले चार वटा मतदान केन्द्रमा सुरक्षाकर्मी र कर्मचारी सबै महिला मात्र हुने व्यवस्था मिलाएको बताए। उदयपुर गढी गाउँपालिका–५ को पञ्चायती माध्यमिक विद्यालय र त्रियुगा नगरपालिका–९ को रातमाटे आधारभूत विद्यालयमा रहेको दुई मतदान केन्द्रमा महिला मात्र खटिएका छन्।

जिल्ला निर्वाचन अधिकारी कोइरालाका अनुसार उदयपुरमा दुई लाख २३ हजार एक सय ३८ मतदाता छन्। जसमध्ये महिला एक लाख १० हजार दुई सय ५१ पुरुष र एक लाख १२ हजार आठ सय ८५ महिला छन्। यसै गरी तेस्रो लिङ्गी (अन्य) मतदाता पनि दुई जना रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ