arrow

काठमाडौँ महानगरपालिकामा एक सय ५६ केन्द्र र  ३ सय ६३ मतदान स्थल

logo
रासस,
प्रकाशित २०७९ वैशाख २९ बिहिबार
kathmandu-valley-2022-slssha.jpg
फाइल तस्बिर

काठमाडौँ। भोलि हुने स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकामा १५६ केन्द्र र ३६३ मतदान स्थल तोकिएको छ। तीन लाख २४२ मतदाता रहेको कामपाको वडा नं १६ मा सबैभन्दा धेरै २० हजार १७५ मतदाता छन्। धेरै मतदाता हुने दोस्रोमा वडा नं ३२ हो। यस वडामा १८ हजार ९१३ जना मतदाता छन्। वडा ३१ मा १८ हजार १०७ जना मतदाता  छन्। त्यसै गरी वडा नं.१ सबैभन्दा कम मतदाता हुने वडा हो। यस वडामा ३ हजार ७२९ मतदाता छन्।

वडा नं २३ मा चार हजार ४७७ मतदाता छन् । वडा २० मा ४ हजार ६१४ मतदाता छन्। कामपामा १५६ वटा मतदान केन्द्र तोकिएका छन्। यसमा ३६३ वटा मतदान स्थल छन् । वडा ३१ सबैभन्दा धेरै मतदान केन्द्र भएको वडा हो। यसमा ११ केन्द्र छन्।

यसै गरी वडा १६ मा १० केन्द्र छन्। यो वडा धेरै केन्द्र भएका वडामध्ये दोस्रोमा पर्छ। वडा ७ र ३२ मा ९-९ वटा केन्द्र छन्। सबैभन्दा कम मतदान केन्द्र भएको वडा २३ नं हो। यसमा एउटा मात्र केन्द्र छ। वडा १९, २० र २४ मा २-२ वटा मात्र केन्द्र छन्। यसै गरी वडा १, ५, ८, १२, १८ र २९ मा ३-३ वटा मतदान केन्द्र छन्।

सबैभन्दा धेरै मतदान स्थल भएको वडा १६ हो। यस वडामा २३ वटा बुथ छन्। वडा ३१ र ३२ मा २२-२२ वटा मतदान स्थल छन्। धेरै मतदान स्थल भएको तेस्रो वडा १४ नं हो। यस वडामा २१ वटा मतदान स्थल रहेको जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ