arrow

मोदीको भ्रमणले दुई देशबीचकाे सम्बन्ध थप प्रगाढ हुन्छ- परराष्ट्र मन्त्रालय

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २९ बिहिबार
foreign-ministry-parrastra-mofa.jpg

काठमाडौं । परराष्ट्र मन्त्रालयले मे १६ अर्थात् जेठ २ गते बुद्ध जयन्तीको शुभ अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनी भ्रमण गर्ने जानकारी दिएको छ ।

सो अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवासँगै भारतका प्रधानमन्त्री मोदीले मायादेवी मन्दिरमा पूजाअर्चना गर्ने, लुम्बिनीको बिहार क्षेत्रमा बौद्ध संस्कृति तथा सम्पदा केन्द्रको शिलान्यास गर्ने र विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्रले बताएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र र सभा हलमा बुद्ध जयन्ती मनाउने तयारी गरिएको छ । मोदीको भ्रमणका क्रममा परराष्ट्रमन्त्री डा नारायण खड्काले पनि मोदीसँग भेटवार्ता गर्ने भएका छन् ।

लुम्बिनीमा रहँदा दुवै प्रधानमन्त्रीले नेपाल–भारत सहयोग र आपसी हितका विषयमा द्विपक्षीय वार्ता गर्ने समेत परराष्ट्र मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।

सो क्रममा नेपालका प्रधानमन्त्रीले भारतका प्रधानमन्त्री र भ्रमणमा रहेका प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना समेत गर्ने भएका छन् ।

भारतका प्रधानमन्त्रीको आगामी भ्रमणले दुई देशबीचको सदियौंदेखिको सामाजिक–सांस्कृतिक बन्धनलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने समेत परराष्ट्र मन्त्रालयले बताएको छ ।

भारतीय प्रधानमन्त्रीका रूपमा नरेन्द्र मोदीको यो पाँचौं नेपाल भ्रमण हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ