arrow

निर्वाचन आयोगको साइटमा समस्या

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २९ बिहिबार
election-commis22222.jpg

काठमाडौं । निर्वाचन आयोगको साइटमा समस्या आएको छ । बिहीबार बिहानैदेखि समस्या आएको भन्दै धेरैले गुनासो गरेका छन् । 

अधिकांशले निर्वाचन आयोगले राख्ने मतदाता नामावली हेर्न खोजेका छन् । त्यसमा रहेको नम्बर हेरेर आफ्नो नाम निश्चित गर्न खोजेका छन् । ताकि शुक्रबार मतदान गर्न जाँदा सजिलो होस् । 

तर आयोगको साइटमा समस्या आएसँगै थप समस्या देखिएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले त शुरुआतमा ‘तपाई सही ठाउँमा जानु भएन पुरानो ठाउँमा जानुभयो त्यसलाई रिफ्रेस गरेर फेरि जानुस् त’ भने । 

तर साइट खुल्नै समस्या भएको बताएसँगै उनले बल्ल निर्वाचन आयोगको आईटी टिमलाई सम्पर्क गर्नका लागि नम्बर दिए । 

आइटीका आदेश खड्काले सबै सिष्टम सरकारले हेरेको भन्दै साइट नै सुस्ताएको बताए । उनले भने, ‘उहाँहरुले सायद सोचेको भन्दा धेरै लोड परेर हो कि हामीले पनि उतै भनेका छौं उहाँहरुले रिसोर्स बढाउँदै हुनुहुन्छ । खुल्दै नखुल्ने भन्दा पनि सारै स्लो खुलिराछ भनेर ।’

उनले फेरि पनि सम्पर्क गरेर समाधान खोज्ने बताए । 

शुक्रबार मतदान छ । सबैले मतदाता परिचयपत्र लिन भ्याएका हुँदैनन् । तर पहिले नै आफ्नो नाम र मतदाता नम्बर खोजेर जाने हो भने मतदानमा सजिलो हुन्छ । त्यसैगरी चुनावका बेलामा धेरै भीड पनि हुँदैन । 

आयोगको साइटमा समस्या आउँदा भने मतदातालाईसमेत तनाव भएको छ । 

वरिष्ठ पत्रकार गजेन्द्र बुढाथोकीले बिहानै ट्वीटरमा लेखेका छन्, ‘अर्बौं खर्च हुने चुनावमा आयोगले बनाएको वेवसाइट चैं कत्ति टेस परेन। बिहानैदेखि एक जना मतदाताको नाम कुन स्थानमा रहेछ भनेर हेरिदिन खोज्दैछु, पेज सहजै लोडै हुन्न त। प्रायः पब्लिकले मोबाइलबाट चलाउने हुँदा पनि मोबाइलमा राम्रोसँग अप्टिमाइज गरे जस्तो लागेन। उम्मेदवारको त कुरै छाडौं ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ