arrow

रुपन्देहीका १ सय २८ मध्ये मतदान स्थल ६२ संवेदनशील सूचीमा

logo
नारायण वली,
प्रकाशित २०७९ वैशाख २९ बिहिबार
received_420384482857829.jpeg

रुपन्देही । शुक्रवार हुने स्थानीय तहको निर्वाचनमा रुपन्देहीका १ सय २८वटा मतदान स्थलहरु संवेदनशील सूचीमा राखिएको छ । त्यसमध्ये ६२ वटा मतदानस्थललाई भने अतिसंवेदनशील सूचीमा राखिएको छ । रुपन्देहीसँग सीमा जोडिएको नेपाल-भारत सीमा क्षेत्रमा पर्ने मतदान स्थलहरु संवेदनशील सूचीमा परेका हुन् । 

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले दिएको जानकारी अनुसार ७८ वटा मतदानस्थलहरु भने सामान्य सूचीमा रहेको वताए । उनका अनुसार सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै मतदानस्थललाई संवेदनशील सूचीमा राखिएको र जिल्लामा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको पाण्डेले जनाए । 

निर्वाचनलाई लक्षित गर्दै रुपन्देहीमा ४ हजार ४ जना सुरक्षाकर्मी परिचालन गरिएको बताईएको  छ । म्यादी प्रहरी २ हजार ४ सय, नेपाल प्रहरी १ हजार ४ सय र सशस्त्र प्रहरी ६ सय जना परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ। 

मतदान स्थलळाई तीन घेरा राखिने जसअनुसार पहिलो घेरामा म्यादी, दोस्रोमा प्रहरी र तेस्रोमा सशस्त्र प्रहरी रहने जनाईएको छ ।

यस्तै, मोबाइल टोलीको रुपमा सेनालाई पनि खटाइने भएको छ । प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेका अनुसार मतदानस्थलमा सुरक्षाकर्मी र कर्मचारी मतपत्रसहित पुगिसकेको जानकारी दिए । 

रुपन्देहीमा ७ सय वटा मतदान केन्द्र छन् भने ६ लाख ३२ हजार ३ सय ६० मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार रुपन्देहीमा ३८ वटा राजनीतिक दलहरु चुनावी प्रतिष्पर्धामा उल्लेख छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ