arrow

हुम्लाको चंखेलीमा झडप, ८ राउण्ड अश्रुग्यास प्रहार, मतदान अधिकृत नै घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
Chankheli_Gaunplaika.png

हुम्ला । हुम्लाको चंखेली गाउँपालिकाको एउटा मतदान केन्द्रमा झडप भएको छ । चंखेली गाउँपालिका २ स्थित महादेव मतदान केन्द्रमा सत्ता गठबन्धन दल र स्वतन्त्र उम्मेदवारका पक्षबीच झडप हुँदा मतदान अधिकृत घाइते भएका छन् ।

झडपमा मतदान अधिकृत कृष्णप्रसाद आचार्य, कार्यालय सहयोगी काला रावत, र अर्का स्थानीय घाइते भएको प्रहरीले जनाएको छ । झडपलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले ८ राउन्ड अश्रुग्यास प्रहार गरेको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन् । 

अहिले मतदान केही समयका लागि स्थगित गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ