arrow
ADVERTISEMENT

प्रधानमन्त्री देउवाद्वारा मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
deuba-vote-congress.jpg

डडेलधुरा। प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन्। काँग्रेस सभापतिसमेत रहेका देउवाले गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन्।

मतदानका लागि प्रधानमन्त्री देउवा शुक्रवार बिहानै धनगढीबाट डडेलधुरा पुगेका थिए।

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनले लोकतन्त्र बलियो बनाएको बताएका छन् ।

शुक्रवार बिहान डडेलधुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मताधिकार प्रयोग गरेका देउवाले संक्षिप्त प्रतिक्रिया दिएका हुन् ।

उनले सिंहदरबारका अधिकार गाउँ गाउँमा पुगेको बताए । 'निर्वाचन हुँदैन भन्ने शक्तिहरू पनि सामेल भएका छन्। स्थानीय तहको समृद्धि र विकासका लागि निर्वाचन महत्त्वपूर्ण थियो । अहिले निर्वाचन भएको छ,' उनले भने ।

देउवाले गठबन्धनले काँग्रेस कमजोर नभएको बताए । काँग्रेस नेतृत्वको सत्ता गठबन्धनले चुनावमा पनि तालमेल गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ