arrow

११३ वर्षीया वृद्धाले गरिन् मतदान, भन्छिन्- गाउँ ठाउँको विकास होस्

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
old-voter-2079.jpg

बैतडी। बैतडीमा ११३ वर्षीया वृद्धाले मतदान गरेकी छिन्। पाटन नगरपालिका-४ स्थित उदयदेव आधारभूत विद्यालय मतदान केन्द्रबाट मानमती भट्टले मतदान गरेकी हुन्।

मतदान केन्द्रमा उनले पहिलो मत हालेर मतदानको उद्घाटन गरेको उनका छोरासमेत रहेका जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले बताए। देशमा बलियो व्यवस्था र गाउँ ठाउँको विकास होस् भनेर मतदान गरेको भट्टले बताइन्।

बैतडीमा ४४० जनप्रतिनिधि छान्नका लागि मतदान भइरहेको छ। सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो। मतदानमा मतदाताको उत्साहजनक सहभागिता छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ