arrow

मतदान गरेपछि केपी ओलीले भने - समयभित्रै निर्वाचन भएको छ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
kp-oli-vote-2079.jpg
फाइल तस्बिर

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । भक्तपुरबाट मतदान गरेका ओलीले बिहान ११ः४९ बजे मतदान गरेका थिए । उनले सूर्यविनायक नगरपालिकाको बालकोटबाट मतदान गरेका हुन् ।  

उनीसँगै उनकी पत्नी राधिका शाक्यले पनि मतदान गरेकी छिन् । मतदान गरेपछि संचारकर्मीसँग अध्यक्ष ओलीले  समयमै निर्वाचन भएको बताएका छन् ।

उनले भने, स्थानीय तहको निर्वाचन एउटा नियमित निर्वाचन हो । यो ढिलो गरी भए पनि समयभित्रै भएको छ । जनतामा व्यग्र प्रतिक्षा थियो । उत्साहका साथ सहभागीता भएको मैलै पाएको छु ।’ 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ