arrow

कास्कीमा ४० प्रतिशत मत खस्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
Kaski_District.png
फाइल तस्बिर

गण्डकी।स्थानीय तह निर्वाचन अन्र्तत आज कास्कीमा ११ बजेसम्म ४० प्रतिशत मत खसेको छ।

बिहान ७ बजेदेखि सुरु भएको मतदानमा बिहानैदेखि अधिकांश मतदान केन्द्रमा मतदाता खचाखच लामबद्ध भएको तथा ११ बजेसम्म करिव ४० प्रतिशत मत खसेको निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए।

हालसम्म सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको जानकारी दिँदै उनले निर्वाचनमा सर्वसाधारणको उत्साहपूर्ण सहभागिता रहेको बताए। कूल ३३६ मतदान केन्द्र रहेको कास्कीका पाँच पालिकामध्ये पोखरा महानगरपालिकामा दुई लाख सात हजार ७१२ जना मतदाता छन् भने अन्नपूर्ण गाउँपालिकामा २० हजार ३४८ मतदाता छन्।

त्यस्तै माछापुच्छ्रे गाउँपालिकामा २० हजार ३१६, मादी गाउँपालिकामा १८ हजार ७८२ र रुपा गाउँपालिकामा १४ हजार ६७५ मतदाता रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ