arrow

थवाङ झडपपछि सम्पर्कविहीन भएका अझै भेटिएनन्

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
rolpa-district1.png
फाइल तस्बिर

रोल्पा। रोल्पाको थवाङमा बिहीबार राति भएको झडपमा परी सम्पर्कविहीन भएका दुई जना अझै भेटिएको छैनन्।

थवाङ गाउँपालिका–४ उवा टिकरीबाङमा झडपमा परी थवाङ गाउँपालिका– ४ तेलखोलाका २५ वर्षीय रमन घर्तीमगर र सोही ठाउँका २४ वर्षीय विस्तार घर्तीमगर सम्पर्कमा नआएको प्रहरीले जनाएको छ।

माओवादी केन्द्र र एमाले–काँग्रेस गठबन्धनका कार्यकर्ताहरूबिच झडप भएपछि यी दुई जना सम्पर्कविहीन भएका थिए।

उनीहरू आफन्तको सम्पर्कमा पनि नरहेको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी प्रमुख विनोद घिमिरेले बताए।

घटनापछि थवाङ– ४ तेलखोलाका साज्जन घर्ती र सोही ठाउँका बुद्धि रोकामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरू माओवादी कार्यकर्ताहरू हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ