arrow

कैलालीमा मतदान उत्साहजनक, २५ प्रतिशत मत खस्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
kailali-district.jpg
फाइल तस्बिर

सुदूरपश्चिम। कैलाली जिल्लामा स्थानीय तहको निर्वाचनका क्रममा आज मतदाताहरूले शान्तिपूर्ण वातावरणमा मताधिकार प्रयोग गरिरहेका छन्। मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश जयानन्द पनेरुले जिल्लाभरका मतदान केन्द्रमा आज बिहान ७ बजेदेखि सुरु भएको मतदानमा मतदाताले उत्साहजनक रूपमा मताधिकार प्रयोग गरिरहेको बताए।

बिहान ११ बजेसम्म जिल्लामा १७ देखि २५ प्रतिशतसम्म मत खसेको अनुमान गरिएको उनको भनाइ थियो। जिल्लाका केही स्थानीय तहमा आजैदेखि  मतगणना सुरु गर्ने तयारी भइरहेको छ। धनगढी उपमहानगरपालिकाको मतगणना भने भोलि ११ बजेबाट सुरु गर्ने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत पनेरुले जानकारी दिनुभयो ।जिल्लामा १३ स्थानीय तहमध्ये सबै तहका मतपेटिका सम्बन्धित निर्वाचन कार्यालयमा ल्याएपछि मतगणना सुरु हुने जनाइएको छ।

केही दिनदेखि बढेको गर्मीले जनजीवनमा असर पारेकामा गए राति भएको वर्षाले भने शीतलता भएपछि मतदातालाई मतदान स्थलसम्म पुगेर मतदान गर्न सहज भएको छ ।निर्वाचनका लागि जिल्लाका कूल १३ स्थानीय तहमा २३६ मतदान स्थल र ६१९ मतदान केन्द्रको व्यवस्था गरिएको छ।



नयाँ