arrow

एक हप्तासम्म लाग्न सक्छ पूर्ण मत परिणाम आउन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
local-level-election-2079.jpg

काठमाडौं । निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले स्थानीय तहको निर्वाचनको मतपरिणाम आउन एक हप्तासम्म लाग्ने बताएका छन् । 

उनले आफूले राजधानीको सिद्धार्थ बनस्थलीबाट मतदान गरेपछि संचारमाध्यमलाई एक हप्तासम्ममा सबै मतपरिणाम आउने बताएका हुन् । 

उनले दिउँसो १२ः२० बजेसम्म ३५ प्रतिशत मत खसेको पनि बताएका छन् । स्थानीय तहको ७५२ पालिकामा आज मतदान भइरहेको छ । कपिलवस्तुको एक पालिकामा भने जेठ ३ गते मतदान हुँदैछ । 

प्रवक्ता शर्माले स्वतस्फूर्त रुपमा मतदान भइरहेकोसमेत उल्लेख गरेका छन् । स्थानीय तहको निर्वाचन देशैभर एकैदिन भएको हो । 

शर्माले मतदान सम्पन्न भएको दुई घण्टापछि नै मतगणना हुन थाल्ने बताए । 

यसअघिको २०७४ सालको निर्वाचन तीन चरणमा भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ