arrow

डा.शेखर कोइरालाद्वारा मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
shekhar-koirala-vote-2079.jpg

मोरङ। जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले विराटनगर महानगरपालिका–१४ स्थित विज्ञान सङ्काय स्नातकोत्तर क्याम्पस मतदान केन्द्रमा आज मतदान गरे।

यसै गरी नेपाली काँग्रेसका केन्द्रीय सदस्य द्वय डा शेखर कोइराला र सुजाता कोइरालाले विराटनगर–७ स्थित आदर्श माध्यमिक विद्यालय केन्द्रमा मतदान गरेका छन्। यस्तै काँग्रेस केन्द्रीय सदस्य अमृत अर्यालले विराटनगर–१० स्थित भानु आधारभूत विद्यालयमा मतदान गरेका छन्।

त्यस्तै काँग्रेसका विराटनगर महानगरपालिकामा प्रमुखका उम्मेदवार नागेश कोइराला, राप्रपाका प्रमुखका उम्मेदवार प्रल्हादप्रसाद साहले विराटनगरको सरस्वती उच्च मावि मतदान केन्द्रमा मतदान गरेका छन्। नेकपा (एमाले)का प्रमुखका उम्मेदवार सागर थापाले विराटनगर–४ स्थित आधारभूत विद्यालयमा मतदान गरेका छन्।

विराटनगर महानगरपालिका निवर्तमान प्रमुख भीम पराजुलीले पूर्वाञ्चल विद्यालय इन्जिनियरिङ क्याम्पस मतदान केन्द्रमा मतदान गरे। यसै गरी एमाले उपप्रमुख पदकी उम्मेदवार शिल्पा निराला कार्कीले विराटनगर–११ जनपथ उच्च मावि, जसपाका उपप्रमुख पदका उम्मेदवार अमरेन्द्र यादवले विज्ञान सङ्काय स्नातकोत्तर क्याम्पसमा मतदान गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ