arrow

७० प्रतिशत मत खस्छ कि ! 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
shaligram-sharma-poudel-election-commission.jpg

काठमाडौं । निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले स्थानीय तहको निर्वाचनमा करिब ७० प्रतिशत मत खस्ने बताएका छन् । 

उनले मध्यान्ह १२ बजेपछिसम्म ३५ प्रतिशत मत खसिसकेको बताउँदै सोही अनुपातमा मतदान हुँदा साँझ ५ बजेसम्म ७० प्रतिशतसम्म मत खस्ने अनुमान गरेका हुन् । 

उनले उनले मतदानको मतपरिणाम आउन एक हप्तासम्म लाग्ने बताएका छन् । उनले आफूले राजधानीको सिद्धार्थ बनस्थलीबाट मतदान गरेपछि संचारमाध्यमलाई एक हप्तासम्ममा सबै मतपरिणाम आउने बताएका हुन् । 

स्थानीय तहको ७५२ पालिकामा आज मतदान भइरहेको छ । कपिलवस्तुको एक पालिकामा भने जेठ ३ गते मतदान हुँदैछ । 

प्रवक्ता शर्माले स्वतस्फूर्त रुपमा मतदान भइरहेकोसमेत उल्लेख गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ