arrow

लमजुङमा ४० प्रतिशत मत खस्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
voter-line-2079.jpg
तस्बिर : रासस

लमजुङ। लमजुङमा १ सय ८२ वटै मतदान केन्द्रबाट जारी मतदानमा ४० प्रतिशत मत खसेको छ। मतदानलाई सुरक्षित र शान्तिपूर्ण बनाउन सुरक्षा निकायका सबै अङ्ग परिचालन भएका छन्। आम मतदाता पनि मतदान गर्न बिहानैदेखि लामबद्ध भएर लाइनमा बसेका छन्।

तर, मतदानमा सहभागी मतदाताहरूलाई लामो समय लाइनमा बस्नुपर्ने बाध्यताले कष्टपूर्ण बनाएको छ। कुनै पनि मतदान केन्द्रमा समस्या नदेखिएको जिल्ला निर्वाचन अधिकारी सिर्जना मिश्रले बताइन। जिल्लाका सबै मतदान केन्द्रलाई शान्तिपूर्ण बनाउन थप सुरक्षाकर्मी परिचालन गरिएको छ। हालसम्म जिल्लामा ४० प्रतिशत  मतदान सम्पन्न भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ