arrow

पश्चिमले भारतलाई नजिक नराखेर गल्ती गर्‍यो- अमेरिकी सांसद

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
Marjorie Taylor Greene.jpg

काठमाडौं । अमेरिकी रिपब्लिकन पार्टीकी सांसद मार्जोरी टेलर ग्रीनले पश्चिम (अमेरिका, क्यानडा, बेलायत, युरोपलगायत) ले भारतलाई आफू नजिक नराखेर गल्ती गरेको बताएकी छिन् ।

बिहीबार एक ट्वीट गर्दै उनले ‘अङ्ग्रेजी बोल्ने एक अर्ब पुँजीपतिहरूले चीनको विरुद्धमा बलवार्क गर्न सक्ने थियौं, तर भारतलाई टाढा राखेर गल्ती गरेको’ टिप्पणी गरेकी हुन् ।

सन् १९४७ मा स्वतन्त्र हुँदा हजारौं भाषा र संस्कृतिको भारत विभाजित हुने ठानिएको मानिन्छ । त्यही बेला स्वोतन्त्र पाकिस्तानलाई अमेरिकाले साथ दिएको थियो । तर भारतलाई सोभियत संघले सहयोग गरेको थियो ।

सांसद मार्जोरी टेलर ग्रीनले अहिले आफूहरुले भारतबाट स्वतन्त्र अभिव्यक्तिका लागि कुनै सम्मान नभएको संस्कृतिबाट आएका सीईओहरु मात्रै पाएको अभिव्यक्ति दिएकी छिन् ।

विश्वकै ठूला कम्पनीहरु जस्तै माइक्रोसफ्टको सीईओमा भारतका नडेला, गुगलको सीईओमा सुन्दर पिचाई,  ट्वीटरको सीईओमा पराग अग्रवाल लगायतको सन्दर्भमा उनले यस्तो टिप्पणी गरेको देखिन्छ ।

भारतमा स्वतन्त्र अभिव्यक्तिको कुनै सम्मान छैन भन्ने किसिमले गरेको यो टिप्पणीले भारतमा ध्यान केन्द्रीत गर्न सक्ने ठानिएको छ ।

आफ्नो स्वार्थ अनुरुपको रणनीति खडा गर्ने मुलुकहरुमा अहिले युक्रेन युद्धमा भारत तटस्थ बसेको विषयलाई लिएर छटपटि मच्चिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ