arrow

अपराह्न २ बजेसम्म ४१ प्रतिशत मतदान

logo
रासस,
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
Election-Commission-hamrakura-3.jpg1.jpeg
फाइल तस्बिर

काठमाडौँ। स्थानीय तहको निर्वाचन अन्तर्गत आज भएको मतदानमा अपराह्न २ बजेसम्म करिब ४१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ।

कूल ७५३ स्थानीय तहका १० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदान केन्द्रमध्ये कपिलवस्तुको महाराजगन्ज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ बाहेकका सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। केही छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण तथा उत्साहजनक रूपमा मतदान भइरहेको उहाँको भनाइ थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ