arrow

पाँचखालमा मतदान स्थगित, मतदान स्थल नै तहसनहस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
Panchkhal_Nagarpalika.png
फाइल तस्बिर

काभ्रे। काभ्रेको पाँचखाल नगरपालिकाको वडा नम्बर १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान स्थगित भएको छ। मतदान अधिकृतले धाँधली गरेको भन्दै आक्रोशित भिडले मतपेटिका तोडफोड गरेपछि मतदान स्थगित गरिएको हो।

आक्रोशित भिडले मतपेटिका, कुर्सी, टेबल लगायतका निर्वाचन सामग्रीमा तोडफोड गरेका छन्। तर, प्रहरीले भने मतपेटिका सुरक्षित राखेको छ। मतदान स्थल नै तहसनहस बनाइएको छ।

मतदान अधिकृतले एकै जनालाई १० वटा मतपत्र दिएको भन्दै सत्तारूढ दलका कार्यकर्ताहरूले विरोध गर्दै तोडफोड गरेका हुन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले मतपत्रको विषयमा विवाद हुँदा झडप भएको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ