arrow

चितवनमा ६० प्रतिशत मत खस्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
local-election-line-vote-pokhara-2079.jpg
फाइल तस्बिर

चितवन। चितवनमा अहिलेसम्म ६० प्रतिशत अर्थात् करिब दुई लाख ३८ हजार मत खसेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए। उनका अनुसार जिल्लाका सबै मतदान केन्द्रहरूमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ।

निर्धारित समय साँझ ५ बजेसम्ममा जिल्लामा ७० प्रतिशत मत खस्ने अनुमान रहेको उनले जानकारी दिए। ‘कुनै केन्द्रमा ६५ प्रतिशत मत पनि खसिसकेको छ। केहीमा ५५ प्रतिशतको हाराहारीमा पनि मत खसेको छ’, उनले भने। ५ बजेभित्र मतदान स्थलभित्र प्रवेश गरेका मतदाताले मतदान गर्न पाउने उनले बताए।

चितवनमा तीन लाख ९७ हजार ६८५ मतदाता छन्। १६१ वटा मतदान स्थल र ४५१ मतदान केन्द्र छन्। प्राय: गरेर विद्यालयलाई नै मतदान स्थलका रूपमा प्रयोग गरिएको छ।

गठबन्धनले ‘चिट आतङ्क’ मच्चाएपछि मतदान केन्द्रहरूको अनुगमन गरी  चिट नियन्त्रणमा कडाइ गर्न निर्देशन दिइएको उनले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ