arrow

सप्तरीको डाक्नेश्वरीको स्थगित मतदान १ जेठमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
election-commission-nepal.jpg
फाइल तस्बिर

काठमाडौँ। सप्तरीको डाक्नेश्वरीमा स्थगित भएको मतदान एक जेठमा हुने भएको छ। डाक्नेश्वरी नगरपालिका-२ स्थित हिररबा मावि मतदान केन्द्रमा एक जेठमा मतदान हुन लागेको हो।

मतदान अधिकृत कुटिएपछि त्यहाँको मतदान रोकिएको थियो। रोकिएको मतदान आजै पुनः नहुने अवस्था भएपछि अर्को दिन मतदान गर्ने गरी स्थगित भएको हो।

सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार सर्वपक्षीय छलफलपछि १ जेठमा मतदान गर्ने निर्णय गरिएको बताए। एक अशक्त महिलाले मतदान अधिकृतलाई मत हाल्न दिएकी थिइन्। तर, मत हाल्दा आफूले भनेको भन्दा अन्यत्रै हालेको भन्दै विवाद सुरु भएको थियो। 

विवादपछि एक समूहले मतदान अधिकृतमाथि कुटपिट गरेका थिए। मतदान अधिकृतमाथि कुटपिट भएपछि मतदान रोकिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ