arrow

धुर्कोट नयाँगाउँमा अध्यक्षका उम्मेदवार भण्डारीमाथि माओवादीका कार्यकर्ताद्वारा हातपात 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
280184971_1054707068486532_4498868720558843708_n.jpg

गुल्मी । धुर्कोट गाउँपालिका वडा नम्बर २ नयाँगाउँमा माओवादीका कार्यकर्ताद्वारा संयुक्त लोकतान्त्रिक प्यानलका उम्मेदवार महेन्द्रप्रसाद भण्डारीमाथि हातपातको प्रयास भएको छ । 

अध्यक्षका प्रत्यासी भण्डारी मतदान केन्द्रको अबलोकन गर्न जाने क्रममा हातपातको प्रयास हुनुका साथै तथानाम गालीगलोज गरेको स्थानीय प्रकाश पोख्रेलले जानकारी दिए । पोख्रेलका अनुसार उग्र माओवादी कार्यकर्ताले जवर्जस्त मुख छाड्ने र भण्डारीलाई एक ढंगले हातहालाहालको अवस्था आएको उनले बताए । 

हातपातको प्रयास भएपछि प्रहरीको टोली घटनास्थलमा पुगी भण्डारीलाई सुरक्षित ठाउँमा लगिएको हो । हातपात गर्ने माओवादी  कार्यकर्तालाई प्रहरीले नियन्त्रणको प्रयास गर्न कोसिस गरिरहेको छ भने उग्र कार्यकर्ताले झनझन बिबाद निम्त्याएको कारणले गर्दा नयाँगाउँको स्थिति तनाबग्रस्त भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ