arrow

जहाँ ४ बजे नै सकियो मतदान

logo
प्रकाशचन्द्र भट्ट, 
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
darchula-tinkar-road.jpg
तस्बिर– फाइल

दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका–१ को तिंकरमा मतदान सकिएको छ । कालापानी क्षेत्र तथा चीनको सीमाना नजिकको तिंकर गाउँमा ४ बजे नै मतदान सकिएको हो । 

तिंकरमा १३६ जनाले मतदान गरेका छन् । २३१ मतदाता रहेको तिन्करमा ७३ पुरुष र ६३ महिला गरि १३६ जनाले मतदान गरेका हुन् । तिन्करमा उपलब्ध मतदाताहरुको मतदान सकिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मका गुल्मपति धीरेन्द्र शाहले जानकारी दिए । 

यस्तै सोही क्षेत्रको व्याँस–१ छाङ्गरुस्थित कैलाशपति आधारभूत विद्यालय छाङ्गरुमा मतदान अन्तिम चरणमा पुगेको बताइएको छ । ती गाउँमा एकीकृत बस्ती भएकाले समयमै मतदान सकिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ